मोरङ - प्रहरीले नियन्त्रित लागुअाैषध सहित दुर्इ जनालार्इ पक्राउ गरेकाे छ । धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय धनकुमार राई र २२ वर्षीय रोशन श्रेष्ठलाई प्रहरीले नियन्त्रित लागूऔषध नाइट्रोसन ५ सय थान सहित शुक्रबार पक्राउ गरेको हाे। भारतबाट नेपालतर्फ को १ प ५६५८ नम्बरको मोटरसाइकलमा आँउदै गरेका उनीहरुलाई बिराटनगर महानगरपालिका–१५ स्थित ३ नम्बर ढाँट छेउमा प्रहरीले चेक गर्दा शरीरमा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध बरामद भएको प्रहरीले जानकारी दिएकाे छ।
प्रकाशित: २९ असार २०७५ ११:१५ शुक्रबार