समाज

अवैध सुनसहित भारतीय नागरिक पक्राउ

बैतडी- नेपाल भारत सीमानाका झुलाघाटबाट एक भारतीय नागरिकसहित दुई जनालाई नगद र अवैध सुनसहित प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारतको पिथौरागढ जिल्ला झुलाघाटका ४२ वर्षीय जगदीश बर्मा र बैतडीको दशरथचन्द नगरपालिका–४ का २१ वर्षीय विशाल गहतराज रहेका छन्। भारतीय नागरिक बर्माको साथबाट ६० ग्राम सुन र २४ हजार ३९० भारतीय रुपैयाँ र नेपाली नागरिक गहतराजबाट तीन लाख २७ हजार ९८५ र ११ ग्राम ६६४ मिग्रा सुन फेला पारिएको हो। शंकास्पद आधारमा मंगलबार अपराह्न सीमानाका झुलाघाटमा सुन किनबेच गरिरहेका बेला सीमा प्रहरी चौकीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 

भारतीय व्यापारी बर्माबाट नेपाली व्यापारी गहतराजले सुन किनिरहेका बेला प्रहरीले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक कार्बाहीका लागि बुधबार कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाइएको बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिए। 

प्रकाशित: २७ असार २०७५ १५:२३ बुधबार

अवैध सुनसहित भारतीय नागरिक पक्राउ