समाज

विश्वकपमा सट्टे बाजी खेलाउने पक्राउ

काठमाडौं- विश्व कप फुटवल प्रतियोगितामा विभिन्न फुटबल टीमको हारजितमा नगद लाभ लिने दिने गरी अवैध रुपमा सट्टाबाजी खेल खेलाउने तीन जनालाई  प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा मनाङ निसाङ गाँउपालिका ७ घर भई हाल काठमाडौं म्हेपी बस्ने ४२ वर्षीय मुखिया लामा, स्याङजा वालिङ नगरपालिका घर भई हाल काठमाडौं बालुवाटार बस्ने २४ वर्षीय सुवास गुरुङ र काठमाडौ महानगरपालिका १६ पकनाजोल बस्ने ३३ वर्षीय मुखिया गुरुङ रहेका छन्।

उनीहरुलाई प्रहरीले शुक्रबार  ज्याठाबाट नगद ४ लाख सहित पक्राउ गरेको छ। पक्राउ परेकाहरूका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २६ असार २०७५ ११:२२ मंगलबार

विश्वकपमा सट्टे बाजी खेलाउने पक्राउ