समाज

विद्यालय जाने क्रममा ढुंगा लागेर बालिकाको मृत्यु

दार्चुला– दार्चुलामा ढुंगा लागेर एक बालिकाको घट्नास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका वडा नम्बर २ देथला बस्ने काशीराम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए। 

विद्यालय जाने क्रममा सोमबार विहान ८ बजेतिर नगरपालिकाको वडा नम्बर २ को धौलेबगरस्थित माथिबाट खसेको ढुंगा बालिकाको टाउकोमा लागेको थियो। मृतक बालिका सोही वडामै रहेको श्री सत्य प्रकाश मावि देथलामा कक्षा ९ मा अध्ययनरत थिइन्। 

प्रहरीले मृतक बालिकाको शव गोकुलेश्वर अस्पतालमा ल्याएर  पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाएको छ। घट्नास्थल ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट १ घण्टाको पैदल दुरी पूर्वमा पर्दछ। गत रातिदेखी परेको अविरल वर्षासंगै प्राकृतिक विपदका घटनाहरुबाट बच्न सतर्कता अपनाउन प्रहरीले दार्चुलाबासीमा अनुरोध गरेको छ।

प्रकाशित: २५ असार २०७५ १४:५९ सोमबार

विद्यालय जाने क्रममा ढुंगा लागेर बालिकाको मृत्यु