समाज

कास्कीमा ४३ जना फरार अभियुक्त पक्राउ

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका ४३ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कर्तव्य ज्यान, लुटपाट, चेक अनादर, चोरी, लागूऔषध, लिखित गाली बेइजती, सरकारी छाप कीर्ते, जालसाजीलगायतका मुद्दामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका अनुसार अदालतबाट न्यूनतम दुई दिनदेखि २० वर्षसम्म कैद सजाय र रु ५०० देखि पाँचलाख ६६ हजार सम्म जरिवाना तोकिएर पनि लामो समयदेखि फरार रहेका पक्राउ परेका हुन्। अदालतमा पेश गरिएकामध्ये तीनजना रिहा भएका छन् भने बाँकीलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: १४ असार २०७५ ०३:४८ बिहीबार

कास्कीमा ४३ जना फरार अभियुक्त पक्राउ