समाज

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सुचारु

चितवन – नारायणगढ–मुग्लिन सडकखण्ड एक तर्फि सुचारु भएको छ। बिहान ६ः१० बजेतिर चार किलोमा ठुलो पहिरो खस्दा अवरुद्ध बन्नेको सडक एकतर्फि सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बिहानै पहिरोले सडक अवरुद्ध भएपछि यात्रुहरुले हैरानी व्यहोरी रहेका थिए। ठुलो पहिरो खसेकाले पहिरो पूर्णरुपमा पन्छाई दुईतर्फी सडक सञ्चालन गर्न केही समय लाग्ने प्रहरीले जनाएको छ।

पहिरो हटाएर सडक पूर्णरुपमा खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: १३ असार २०७५ ०६:२४ बुधबार

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सुचारु