समाज

सुन तस्करी प्रकरण : छोराको बिहे पार्टीबाट व्यापारी राजु द्वारका पक्राउ

काठमाडौं- ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा व्यापारी राजु द्वारका पक्राउ परेका छन्। सुन तस्करी अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिले द्वारकलाई हिमालयन होटलमा छोराको बिहे पार्टी चलिरहेको बेला सोमबार साँझ पक्राउ गरेको हो।

हुन्डी र सनु तस्करीमा समेत उनको संलग्नता देखिएको छानविन समितिका एक सदस्यले बताए। यस अघि व्यापारी विमल पोद्दार पक्राउ परिसकेका छन्।

 

 

प्रकाशित: १२ असार २०७५ ०९:०८ मंगलबार

सुन तस्करी प्रकरण छोराको बिहे पार्टीबाट व्यापारी राजु द्वारका पक्राउ