समाज

शिद्धबाबामा वैकल्पिक ट्रयाक

पाल्पा- प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले शिद्धबाबा सडकखण्डको वैकल्पिक मार्गको स्थलगत अवलोकन गरेका छन्। पोखरेलले झुम्सा–चौकीभञ्याङ–चरङ्गेको निरीक्षण गर्दै दोहोरो गाडी सञ्चालन गर्ने गरि नयाँ ट्याकको स्तरोन्नती गरिने बताएका हुन्।

 ‘सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा झुम्सा–चरङ्गेमा नयाँ ट्रयाक खोलिएको छ। सम्भावनाको खोजी गरि वैकल्पिक सडक निर्माण भएको छ,’ मुख्यमन्त्री पोखरेलले भने, ‘सिद्धबाबामा सुदूर भविष्यमा सुरुङमार्ग बनाउन सकिएला । अहिले स्थानीयसाथै बाटो अवरुद्ध हुँदा यात्रा नयाँ मार्गमार्फत् गर्न सकिनेछ ।’ मुख्यमन्त्री पोखरेलले पाल्पा, गुल्मी, अर्धाखाँची, स्याङ्जा, कास्की, पर्वत लगायतका जिल्लालाई सहज यात्रा गर्न मिल्ने सडक यसै वर्ष निर्माण हुने बताए।

प्रदेश नं. ५ का भौतिक योजना तथा निर्माणमन्त्री वैजनाथ चौधरीले ट्रक तथा ट्रिप्पर हिड्ने मिल्ने गरि वैकल्पिक सडकको निर्माण पुरा गरिने बताए। उनी भन्छन्, ‘यताबाट मालवहाक गाडीहरु ओहोरदोहोर गर्नेछन् । उताको स्थलगत अध्ययन हुन्छ । यो विकल्प नभएर वैकल्पिक सडक हो ।’ प्रदेशको प्रतिष्ठासग सिद्धबाबा सडक जोडिएकोले प्रदेश सरकारले यसलाई प्राथमिकतामा राखेको छ । सिद्धबाबामा झण्डै ५ करोड रुपैयाँको ढुङ्गा निस्कने अनुमान छ। सिद्धबाबामा पनि बेन्चकट गर्न सकिन्छ की भनेर अध्ययन भैरहेको छ, चौधरीले भने। सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडक बर्षेनी ठूलो जनधनको क्षति हुने र सडक अवरुद्ध भएपछि वैकल्पिक सडकको निर्माण गरिएको हो। जिल्ला समन्वय समितिको अग्रसरतामा एक करोड रुपैयाँको लागतमा वैकल्पिक मार्गको ट्रयाक खोल्ने काम सम्पन्न भएको हो ।

       तिनाउँ गाउँपालिकाका ईञ्जिनियर अधिस ढकालले ६ मिटर चौडाई र ५ किलोमिटर लम्बाईको सडकको नयाँ ट्रयाक खोलिएको बताए । ‘८० लाख रुपैयाँको डिपीआर तयार भएको छ । जसमा भ्यालुएसन बाँकी छ,’ ढकालले भने, ‘जम्मा २० किलोमिटर लम्बाईको सडकमध्ये ७ दशमलव ५ किलोमिटर पाल्पातर्फ र बाँकी रुपन्देहीतर्फ पर्दछ। रुपन्देहीमा पर्ने जंगलमा ट्रयाल खोलीएको हो ।’ तिनाउ गाउपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले सिद्धबाबामा अकालमा धेरैले अब ज्यान गुमाउनुपर्ने अवस्थामा कमी आउने बताए । उनी भन्छन्, विकास चाहे सम्भव छ । स्थानीयले ठूलो साथ दिए । जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले वैकल्पिक मार्ग निर्माणमा १० लाख रुपन्देही र बाँकी पाल्पाका स्थानीय तहबाट सहयोग भएको बताए ।

स्थानीय बासिन्दा हर्षित

       सिद्धबाबाको वैकल्पिक सडक निर्माणसँगै तिनाउँ गाउँपालिका ३, चौकीभञ्याँका स्थानीय हर्षित भएका छन्। उनीहरुले बाटो खुलेसँगै गाउँको जग्गाको मूल्यमा पनि वृद्धि भएको बताए । स्थानीय गुरुप्रसाद शर्मा भन्छन्, ‘पहिले २/३ लाख रुपैयाँ पर्ने एक रोपनी जग्गा पाँच लाख रुपैयाँसम्म पर्न थालेको छ। पाल्पा तथा रुपन्देहीका जग्गा दलालीहरुले जग्गा खरीदबिक्री गर्न थालेका हुन् ।’ उनले बाटो निर्माणसँगै यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुहरु निकासी हुने

 

 

प्रकाशित: ८ असार २०७५ ०७:३२ शुक्रबार

शिद्धबाबामा वैकल्पिक ट्रयाक