समाज

टाटासुमोको ठक्करबाट महिलाको मृत्यु

गोरखा – आँबुखैरेनी–गोरखा सडक खण्डकाे तीन किलोमा गएराती टाटासुमोको ठक्करबाट एक महिलाको मृत्यू भएको छ। आँबुखैरेनीबाट गोरखा आउँदै गरेको ग १ ज ६५९४ नम्बरको सुमोले पानी लिएर घरतर्फ जाँदा बाटो काट्दै गरेकी गोरखा नगरपालिका १३ सिमलगैरीकी ४५ वर्षिया ज्ञानु लायो मगरलाई ठक्कर दिएको हो।

ठक्करपछि घाईते मगरको तनहुँ स्थित छिम्केश्वरी अस्पतालमा उपचार गर्दै गर्दा मृत्यू भएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान ट्राफिक प्रहरीको छ । दुर्घटना  गराउने चालक गोरखा नगरपालिका ७ सिमलगैरी बस्ने वर्ष २८ का इश्वर कोईराला र गाडी प्रहरी नियन्त्रणमा रहेको डिएसपी भेषराज रिजालले बताए । आक्रोशित स्थानीयले गएरातीदेखि अवरुद्ध गरेको गोरखा –आँबुखैरेनी सडक भर्खरैदेखि सुचारु भएको छ ।
 
 

प्रकाशित: १ असार २०७५ ०२:०९ शुक्रबार

टाटासुमोको ठक्करबाट महिलाको मृत्यु