समाज

ढुङ्गा लागेर भरियाको मृत्यु

डोल्पा– रुकुम जिल्ला बाफिकोट गाउँपालिका–४ घर भएका ३३ वर्षीय मानसिँ खत्रीको ढुङ्गा लागेर मृत्यु भएको छ।

त्रिपुरासुन्दरी नगरपालिका–६ अन्तर्गत पर्ने चिप्लेभीरमा जस्तापाता बोकेर हिँडिरहेको अवस्थामा ढुङ्गा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

रुकुम जिल्ला बाफिकोट घर भएर डोल्पामा भरिया मजदुरी गर्दै आएका खत्री त्रिपुरासुन्दरी नगरपालिका–१ का रामप्रसाद देबकोटाको भवन निमार्णको लागि चाहिने जस्तापाता बोकेर खदाङ्गबाट त्रिपुराकोटतर्फ आउदै गर्दा चिप्लेभीरमा ढङ्गा लागेर घाइते भएका खत्रीलाई नेपाली सेना, नेपाल प्रहरीको टोलीले उद्दार गरि उपचारको लागि त्रिवेणीतर्फ लैजादै गर्दा खदाङ्गमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले बताए।

प्रकाशित: २३ जेष्ठ २०७५ १३:५७ बुधबार

ढुङ्गा लागेर भरियाको मृत्यु