समाज

बालुवा खानीमा पुरिएर युवकको मृत्यु

गोरखा – गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ९ बुङ्कोटघाटस्थित बालुवाखानीमा पुरिएर एक युवकको मृत्यु भएको छ। शनिबार साँझ ग १ त ४५५९ नम्बरको ट्यक्टरमा बालुवा लोड गर्न लाग्दा ट्याक्टरका सह चालक बारा जिल्ला करैया गाउँपालिकाका १८ वर्षीया तेजनारायण यादबको पुरिएर ज्यान गएको हो।

शनिबार राति प्रहरीले खानीबाट शव निकालेको र पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याउने तयारी भइरहेको जनाएको छ। उक्त बालुवा खानी अबैधरुपमा संचालन भएको भन्दै गाउँपालिकाले उत्खनन रोकेको थियो।

साँझको समयमा मौका छोपेर बालुवा निकाल्दा पुरिएको हुन सक्ने आशंका स्थानीयले गरेका छन् ।

प्रकाशित: २० जेष्ठ २०७५ ०१:३६ आइतबार

बालुवा खानीमा पुरिएर युवकको मृत्यु