समाज

महाकालीमा बगेर एक महिला बेपत्ता

दार्चुला– दार्चुला जिल्ला सदरमुकाम खलंगामै महाकाली नदीमा बगेर एक महिला बेपत्ता भएकी छिन्। 

महाकाली नगरपालिका वडा नं. ४ बस्ने  ३५ वर्षीय लक्ष्मी निरौला महाकाली नदीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयहरु महाकाली नदी तटीय क्षेत्रमा खोजीकार्य गरिरहेका छन्। महाकाली नदीमा आफै हाम फालेको हो कि दुर्घटनाबस हुन पुगेको अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। 

प्रकाशित: १६ जेष्ठ २०७५ १३:५८ बुधबार

महाकालीमा बगेर महिला बेपत्ता