समाज

अवैध ढुंगाखानीमा पहिरो खस्दा तीन घाइते

ललितपुर – ललितपुरको नल्लु क्षेत्रमा अवैध रुपमा चल्दै आएको ढुंगाखानीले दुर्घटना निम्त्याएको छ। बुधबार विहान खानी सञ्चालन भइरहेको ठाउँमा माथिपट्टीबाट पहिरो खस्दा तीनजना घाइते भएका छन्। 

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको स्थानीय रवीन्द्र रानाले जानकारी दिए । उनका अनुसार भित्तो उधिनेर गहिरो पारेर ढुंगा निकाल्न एक्जाभेर सञ्चालन गरेपछि एक्कासी पहिरो खसेको हो। पहिरोमा पुरिनेमा एक्जाभेटर अपरेटर सन्तोष दाहाल, युके लामा र जगत पुलामी छन्। 

यी मध्ये पुलामीको अवस्था गम्भीर रहेको स्थानीय लक्ष्मण रानाले बताए। उनका अनुसार घाइतेहरुको अहिले लेलेमा रहेको आनन्द वन हस्पिटलमा उपचार भइरहेको छ। ‘यस क्षेत्रमा यसरी अवैध खानी सञ्चालन गरेर स्थानीयको घरधुरी नै जोखिममा पार्न थालिएको छ,’ उनले भने यसमा यहाँकै जनप्रतिनिधि अवैध काममा लागेका छन्।’ 

यो क्षेत्र गोदावरी नगरपालिका–६ मा पर्छ। यस क्षेत्रमा निर्वाचित जनप्रतिनिधिहरु नै लामो समयदेखि अवैध ढुंगा र गिटी निकासीमा लागेको केही समय अघि नागरिककर्मीले खोजका क्रममा पनि प्रमाण फेला परेको थियो। 

 

प्रकाशित: १६ जेष्ठ २०७५ ०८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App