समाज

मलेशियामा मृत्यु भएका भाइको शव लिएर आएका दाजुको गाडीबाट खसेर मृत्यु

पाँचथर- बैदेशिक रोजगारीको क्रममा मलेसिया रहेका भाइको मृत्यु भएपछि शव ल्याएर फर्किंदा गर्दा पिकअपबाट खसेर ताप्लेजुङको फक्तालुङ गाँउपालिका–२ का ४२ बर्षिय भक्तवहादुर लिम्बुको मृत्यु भएको छ। मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ गाँउपलिकाको भारपामा पर्ने टारीमा गाडीबाट खसेर लिम्बुको मृत्यु भएको हो।

गाडीबाट खसेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाडौंबाट शव लिएर ताप्लेजुङ घरतर्फ जाने क्रममा उनी गाडीबाट खसेका हुन। शवको छेउमा बसेका अरु आफन्तहरु निदाएको बेला उनी खसेको हुनसक्ने अनुमान गरीएको छ। घटनास्थलबाट झण्डै ४ किलोमीटर टाढा  रहेको सल्लेरी भन्ने ठाँउ पुगेपछिमात्र भक्तबहादुर गाडीबाट झरेको थाहा भएकोसँगै रहेका भतिजा हेमराज लिम्बुले बताए।

१४ महिना अघि मलेशिया गएका भाइ देवी लिम्बुको दुर्घटनामा मृत्यु भएको थियो। उनका भाइको जेठ–६ गते मृत्यु भएको थियो।

प्रकाशित: १५ जेष्ठ २०७५ ०८:२८ मंगलबार

मलेशियामा मृत्यु भएका भाइको शव लिएर आएका दाजुको गाडीबाट खसेर मृत्यु