समाज

विपन्न महिलाकाे निशुल्क उपचार

काठमाडौं- आर्थिक अवस्था कमजाेर भएकी प्युठानकी एक महिलाको निशुल्क उपचार गरिएकाे छ । चार वर्षदेखि खुट्टामा रहेको रड निकाल्न नसकेकी धनी विककाे स्थानीय राज बस्नेतकाे पहलमा निशुल्क शल्यक्रिया गराइएकाे हाेा।

सानेपास्थित स्टार अस्पतालमा कार्यरत डा. सुमनबाबु मरहट्टाले विककाे सफल उपचार गरेका थिए। 

विहान बेलुकाकाे छाक टार्न धौ–धौ पर्ने अवस्थाबाट गुज्रीएकी विक प्युठान रासकोट गाउँपालिका निवासी हुन्। अार्थिक अभावले उपचार गराउन नसकेकी उनले आफ्नो उपचारको व्यवस्था मिलाई दिएकोमा आभार व्यक्त गरेकी छन्। 

प्रकाशित: ६ जेष्ठ २०७५ ०५:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App