समाज

भाटभटेनी सुपरमार्केटमा बम विस्फोट

भरतपुर– चितवनस्थित भाटभटेनी सुपरमार्केटमा बम विस्फोट भएको छ । विस्फोटका कारण भाटभटेनीको अगाडिको भागको सीसा फुटेको छ । 

चितवनका प्रहरी प्रमुख दीपक थापाका अनुसार बिहान साढे ३ बजेतिर मोटरसाइकलमा आएका दुई जनाले ग्रिनेट बम विस्फोट गराएको थियो । उनीहरु विप्लव कार्यकर्ता भएको बताइएको छ ।

‘बम पड्काउनेको पहिचान भइसकेको छ । उनीहरुको खोजीकार्य तीव्र पारिएको छ,’ थापाले भने । उनीहरुको पहिचान सीसी क्यामेराबाट भएको प्रहरीले जनाएको छ । 

प्रकाशित: ३० वैशाख २०७५ ०१:४३ आइतबार

भाटभटेनी सुपरमार्केटमा बम विस्फोट