समाज

भ्यानबाट खसेर भारतीय नागरिकको मृत्यु

राजविराज –पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा म्याजिक भ्यानबाट खसेर मंगलबार एकजना भारतीय नागरिकको मृत्यु भएको छ। 

राजविराजबाट कञ्चनपुरतर्फ जाँदै गरेको को १ ज २४०३ नम्बरको म्याजिकको पछाडि झुण्डिएर यात्रा गरिरहेका भारतको सुपौल कर्जाइन निवासी ४५ वर्षीय झबर मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

सो म्याजिक भ्यानबाट खसेर गम्भीर घाइते भएका मरिकको सप्तरीको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यता म्याजिकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ। 

प्रकाशित: १९ वैशाख २०७५ ०४:४३ बुधबार

भ्यानबाट खसेर भारतीय नागरिकको मृत्यु