समाज

होली मनाएर फर्किंदा दुर्घटनामा मृत्यु

होली मनाएर घर फर्किंदै गर्दा बिहीबार राति मोटरसाइकल दुर्घटनामा परी भुवन राईको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्गको गाईघाट-चुहाडे खण्डमा राति पौने १० बजे भएको दुर्घटनामा कामना विकास बैंक गाईघाट शाखाका कर्मचारी राईको ज्यान गएको हो।

साथीहरूसँग होली मनाएर मोटरसाइकल (बा ६४ प ५१७) मा त्रियुगा-७ भान्टाबारी फर्किंदै गरेका राई त्रियुगा-८ राजाबास नजिकै सडकमा रोकिएको ट्याक्टर (प्रदेश २–०१–००१ त २३०१) सँग ठोक्किएका थिए। प्रहरीका अनुसार राति ढिलो भएकोले घटना भएको हो। अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरे।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। जीवन बिमाबाहेक ५ लाख क्षतिपूर्तिमा सहमति भएपछि आफन्तले शव बुझ्ने तयारी गरेका छन्, तर पोष्टमार्टम परिवारका सदस्य आएपछि मात्र हुने भएको छ। ट्याक्टर चालक कुलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको डीएसपी केदारमान दोङले बताए।

प्रकाशित: १ चैत्र २०८१ २०:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App