समाज

बालगृहमा बेसहारा बालबालिकाले मनाए होली

फागु पूर्णिमाको अवसरमा कपिलवस्तुको तौलिहवास्थित बालगृहमा धुमधामसँग होली मनाइएको छ। बालगृहमा रहेका ३२ बेसहारा बालबालिकाले उत्साहपूर्वक होली खेलेका छन्। 

होलीको अवसरमा नेपाल बाल संगठनका अध्यक्ष गोपालमणि ज्ञवाली र बालगृहका व्यवस्थापक रामप्रसाद अर्यालले बालबालिकालाई रंग लगाइदिई शुभकामना र आशीर्वाद प्रदान गरेका थिए। यस्तै, बालगृहका कर्मचारीले पनि बालबालिकालाई रंग लगाएर आशीर्वाद दिएका थिए।

बालबालिकालाई होलीको विशेष परिकार गोजिया, गुलगुलालगायतका मिठाई पनि प्रदान गरिएको थियो। अध्यक्ष ज्ञवालीले बेसहारा बालबालिकासँग होली खेल्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए। “बालगृहका बालबालिकासँग होली खेल्न पाउँदा मलाई निकै खुसी लागेको छ,” उनले भने। 

संगठनका अध्यक्ष ज्ञवालीले चाडपर्वमा बेसहारा बालबालिकासँग रमाउन पाउँदा आनन्दको अनुभव हुने गरेको बताए। “बालबालिकालाई राम्रो वातावरण र संरक्षण प्रदान गर्नु हामी सबैको दायित्व हो,” उनले थपे। बालगृहका बेसहारा बालबालिकाहरू होली खेल्न पाउँदा निकै खुसी भएका थिए। उनीहरूले आफूलाई माया र साथ दिन सबैसँग आग्रह गरेका छन्।  

प्रकाशित: १ चैत्र २०८१ १७:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App