राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले कानुन व्यवसायी र परिवारको जिम्मा लगाएर छाडेको छ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई भोलि उपस्थित हुने सर्तमा पत्नी निकिता र कानून व्यवसायीको जिम्मा लगाउन आदेश दिएको हो ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी बुधबार अदालत उपस्थित भएका थिए ।
बुधबार उनको बयान सकिएको छ । बिहीबारबाट उनको थुनछेक बहस सुरु हुनेछ ।
प्रकाशित: ९ माघ २०८१ १८:१७ बुधबार