समाज

भोटेबहालमा १६ लाखको चोरी, महिलासहित चार जना पक्राउ

चोरीमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित पदमा कुमारी तुलाचनको कोठाबाट यहीँ पुस १६ गते सुनका विभिन्न गरगहना र नगद  चोरी भएको थियो। करिब १६ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनामा प्रहरीले कारबाही थालेको हो।

पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका–३ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–९ ढुङ्गिनी बस्ने ३८ वर्षीय तिर्थ बहादुर थापा मगर, दोरम्बा गाउँपालिका–४ घर भई काठमाडौं गोठाटार बस्ने ४३ वर्षीय सुवास मगर, सिन्धुली मरिण गाउँपालिका–२ घर भई ललितपुर इमाडोल बस्ने ३८ वर्षीया सुनिता तामाङ र खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ मोती चोक बस्ने ४७ वर्षीय बलराम विश्वकर्मा रहेका छन्। 

साथै प्रहरीले उनीहरूको साथबाट स्वरूप परिवर्तन गरिएको सुन १ तोला ७७ लाल, स्कुटर १ थान, नगद ३० हजार रुपैयाँ र मोबाइल ४ थान बरामद गरेको छ। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। 

प्रकाशित: ९ माघ २०८१ १३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App