थुनछेक बहस नसकिएपछि पूर्व डीआईजी छविलाल जोशीलाई काठमाडौं जिल्ला अदालतले पुनः प्रहरी हिरासतमा पठाएको छ।
थुनछेक बहस पुरा नभएपछि न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई प्रहरीको जिम्मा लगाउन आदेश गरेका हुन्।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको मुद्दामा उनी आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए।
जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो । कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
प्रकाशित: ६ माघ २०८१ १७:१६ आइतबार