वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध उजुरी दिएका छन् ।
अधिवक्ता त्रिपाठीले जिल्ला अदालत, काठमाडौं परिसरमा आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध बिहीबार प्रहरीमा किटानी जाहेरी दिएका हुन्।
प्रहरीका अनुसार त्रिपाठीले ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसुरको जाहेरी दर्ता गराएका छन्।
उनीमाथि बुधबार ९हिजो० काठमाडौं जिल्ला अदालत परिसरमा हातपात भएको थियो । कालीमाटीको स्वर्णलक्ष्मी सहकारी अनियमितता प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकेर निस्किँदा रास्वपा कार्यकर्ताले कुटपिट गरेका थिए। लगत्तै प्रहरीले एक जनालाई पक्राउ गरेको थियो ।
प्रकाशित: ३ माघ २०८१ १७:३७ बिहीबार