ताप्लेजुङको मेरिङदेन गाउँपालिकास्थित युनाईटेड मेवा हाइड्रोपावर लिमिटेडमा काम गर्ने क्रममा घाइते भएका एक जना इटालियन नागरिकलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार उक्त हाइड्रोपावरमा काम गर्ने क्रममा एक्कासी लडेर घाइते भएका अन्दाजी ५६ वर्षीय इटालियन नागरिक सर्जियो फेटोजालाई प्रभु एअरको हेलिकोप्टरद्धारा थप उपचारका लागि काठमाडौँ पठाइएको हो।
शुक्रबार घाइते भएका उनको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेकोमा शनिवार मध्यान्ह हेलिकोप्टरमार्फत काठमाडौँतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार फेटोजाको बायाँ हातको नाडीको हड्डी भाचिएको, नाकबाट रगत बगेको, पेटको बायाँ भागमा रगत जमेको र मलद्वार छेउको हड्डी भाचिएको अवस्थामा रहेको छ।
प्रहरीको फेटोजाकाको राहदानी नम्बर YB२१२५४३७ रहेको बताएको छ।
प्रकाशित: २७ पुस २०८१ १३:०९ शनिबार