समाज

साली बलात्कार गर्ने भिनाजु पक्राउ

मकवानपुर – सालीलाई बलात्कार गरेको आरोपमा मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका १२ का ३६ वर्षीय रत्नबहादुर घलेलाई १५ वर्षीया सालीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

घलेले गत वैशाखदेखि फागुनसम्ममा ती बालिकालाई पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ । बिहीबार पक्राउ परेका घलेलाई जिल्ला अदालत मकवानपुरबाट जबरजस्ती करणी मुद्दामा ५ दिनको म्याद थपी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० चैत्र २०७४ १५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App