समाज

झापामा चट्याङ लागेर एकको मृत्यु

सुरुङ्गा – वर्षासँगै परेको चट्याङका कारण गएराति झापाको कचनकबल गाउँपालिका–१ कुटी निवासी ५५ वर्षीय महेशलाल यादवको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति परेको चट्याङ लागेर उनको मृत्यु भएको हो। ग्वालाको काम गर्दै आएका उनलाई भारतको सुरिभिट्टा बजारमा दूध पुर्‍याएर घर फर्कने क्रममा नेपाल भारतको सीमानामा चट्याङ लागेको थियो। 

चट्याङ लागेर बेहोस् बनेका उनलाई स्थानीयवासीले बिर्तामोडस्थित अस्पताल पठाए पनि रातिनै उनको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजगढका प्रहरी प्रमुख नेत्र रानाले जानकारी दिए। 

प्रकाशित: २८ चैत्र २०७४ ०६:०५ बुधबार

झापामा चट्याङ लागेर एकको मृत्यु