समाज

बस दुर्घटनामा घाइते महिलाको मृत्यु, क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध

तस्बिरः कुलदीप न्यौपाने/रासस

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित डाँडागाउँमा गत शुक्रबार भएको बस दुर्घटनामा घाइते भएकी ३२ वर्षीया इन्द्रा थापा रोकायको उपचारको क्रममा मृत्यु भएपछि पीडित पक्षले उचित क्षतिपूर्ति र चालकविरुद्ध कारबाहीको माग राख्दै घोराही–तुलसीपुर सडक अवरुद्ध गरेका छन्।

रा १ ख १३८२ नम्बरको यात्रु बस दुर्घटनामा परेर गम्भीर घाइते भएकी रोकायको मृत्यु भएपछि सोमबार दिउँसोबाट स्थानीयले सडकमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन र दुर्घटनामा संलग्न बस चालकलाई कानुनी कारबाही गर्न माग गरेका छन्।

प्रदर्शनले घोराही–तुलसीपुर सडकखण्डमा यातायात सेवा ठप्प भएको छ। घटनास्थलमा प्रहरी टोली खटाइएको छ भने आन्दोलनकारीहरूसँग वार्ता गरी समस्या समाधान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ मंसिर २०८१ १६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App