समाज

लागु औषधसहित किशोरी पक्राउ

म्याग्दीको ग्रामीण क्षेत्रमा पहिलो पटक भारी मात्रामा प्रतिबन्धित लागु औषधसहित एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ। पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, तल्ला डडुवाकी २३ वर्षीय पूर्णा विकले घरभित्र लुकाइ राखेको अवस्थामा प्रहरीले लागु औषध बरामद गरेको छ।

म्याग्दीका लागु औषधका प्रयोगकर्तालाई लक्षित गरी घरमा लगेर राखेको अवस्थामा एक हजार एक सय ९३ थान लागु औषध सहित गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक(इन्स्पेक्टर) सागर पौडेलले बताए।

‘अहिलेसम्मकै ठूलो परिणाममा लागु औषध भेटिएको छ, हामीले थप अनुसन्धान गरिरहेका छौ’ सूचना अधिकारी पौडेलले भने। कास्की प्रहरीको सहयोगमा पोखराबाट नियन्त्रण गरिएको अभियुक्त विकको घरभित्र बागवान सुपर मसिना चामल लेखेको सेतो हरियो चामलको खाली बोरामा कालो प्लास्ट्रिक भित्र लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध भेटिएको प्रहरीले जनाएको छ।

पछिल्लो एक दशक यताको तथ्याङ्कमा म्याग्दीको सदरमुकाम बेनी बजार आसपासका क्षेत्रमा बरामद हुने गरेको लागु औषध यसपटक ग्रामीण क्षेत्रमा भेटिएपछि प्रहरी समेत झस्किएको छ। 

अभियुक्त विकको घरबाट डाइजेपाम तीन सय ९८ एम्पुल, फेनेर्गन तीन सय ९७ एम्पुल र बुप्रेनोर्फिन तीन सय ९८ गरी कुल एक हजार एक सय ९३ थान भेटिएको छ।

लागु औषधका प्रयोगकर्ताले डाइजेपाम, फेनारागन, र बुप्रेनोर्फिनको प्रयोग गरी डोज बनाएर सिरिन्जको माध्यमबाट शरीरका विभिन्न भागबाट नशासम्म पुर्याउने गर्दछन्। अभियुक्त विकलाई लागु लागु औषध सम्बन्धी कसुरमा जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद लिएर थप अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०८१ १६:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App