समाज

दुर्गा प्रसाईंमाथि कुन कुन कसुरमा हुँदै छ अनुसन्धान ? यस्तो हुनसक्छ सजाय

साइबर अपराधको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं दुई महिनाका अन्तरमा दोस्रो पटक प्रहरी हिरासतमा  पुगेका छन्। रास्वपाकी एक नेतृको जाहेरीमा दुई महिनाअघि पक्राउ परेका प्रसाईंलाई  मंगलबार प्रहरीले फेरी उसैगरी भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको छ।  

यसपटक प्रसाईंले देशको प्रधानमन्त्रीमाथि नै संगिन आरोप लगाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको एक कम्पनीमा २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै उनले केही शंकास्पद डकुमेन्ट सार्वजनिक गरेका थिए। ती डकुमेन्ट फर्जी र भ्रामक रहेको भन्दै एमाले नेताकार्यकर्ता प्रतिवादमा उत्रिएका छन्।  

यसरी पटकपटक एउटै प्रकृतिको कसुरमा पक्राउ परेका प्रसाईंलाई प्रहरीले ‘पटके अपराध’मा अनुसन्धान अगाडि बढाएको छ । प्रसाईँमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुख्य अनुसन्धान हुँदै छ। यो कसुरमा अधिकतम एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।

यसबाहेक किर्ते जालसाजी, सम्पत्ति शुद्धीकरणलगायतका कसुरमा पनि अनुसन्धान गर्ने तयारी छ। प्रसाईं र उनको समूहले बैंक तथा वित्तीय संस्थाबाट धम्क्याएर फिरौती रकम असुलेको, स्रोत नखुलेको विदेशी मुद्रा खातमा जम्मा भएको पनि जाहेरी छ । यी सबै कसुरमा उनीमाथि अनुसन्धान हुनसक्ने प्रहरीस्रोत बताउँछ।

प्रकाशित: ५ मंसिर २०८१ १२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App