सुनसरीको खनार नजिकै शान्ति चोकमा बसको ठक्करबाट एक छात्राको घटनास्थलमै मृत्यु भएको छ।
मृतक इटहरीस्थित जनता माविमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया सम्झना यादव रहेको प्रहरीले जनाएको छ।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले साइकलमा सवार यादवलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर भएका यादवको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनापछि भागेको बसलाई सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै स्थानीयले नियन्त्रणमा लिएर आगजनी गरेका छन्। बसमा आगजनी सुरु भएपछि यात्रुहरू आ-आफ्नो ज्यान जोगाउन बसबाट उत्रिएर भागेका थिए।
आगजनी र तनावले अहिले यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २ मंसिर २०८१ १९:१३ आइतबार