समाज

तनहुँ बस दुर्घटना: एक जनाको मृत्यु, ३० घाइते (सूचीसहित)

.

क्याप्शन

तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरे चौतारामा आइतबार दिउँसो दुई बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

पृथ्वीराजमार्ग अन्तर्गत पोखराबाट नेपालगन्जतर्फ जाँदै गरेको बस (भे १ ख ३४८७) र काठमाडौंबाट पोखरतर्फ जाँदै गरेको जिएए ००७० नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। 

दुर्घटनामा जिएए ००७० नम्बरको बसका चालक रामबहादुर परियारको डुम्रे स्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

प्रहरीका अनुसार उनी तनहुँ ऋषिङ पाटनका स्थायी बासिन्दा हुन् भने हाल कास्कीको चाउथेमा बसोबास गर्दै आएका थिए।

घटनामा घाइते भएका ३० जनामध्ये केहीको डुम्रेको लक्ष्मी अस्पताल र मोती अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको विवरण 

लक्ष्मी अस्पतालमा उपचाररत घाइतेहरू:  

- किरण बुढा (२४), बाके बैजनाथ – आँखा र खुट्टा चोट  

- रिजु बाठा मगर (१३), बाके कोहलपुर – कम्मर चोट  

- ज्ञानु थारु (१५), बाके बैजनाथ – दुबै खुट्टा चोट  

- ललित खत्री (१६), बाके बैजनाथ – बायाँ हात चोट  

- मायास सिजापती मगर (६०), बाके बैजनाथ – छाती र अनुहार चोट  

- गुरास गर्ती मगर (६), मायास सिजापतीको छोरी – सामान्य चोट  

- निखिलनाथ योगी (१८), बाके बैजनाथ – भित्री चोट  

- किशोर जंग शाही (३७), कोहलपुर – बायाँ हात फ्याक्चर, खुट्टामा चोट  

- रमेश रानाभाट (३०), तनहुँ म्याग्दे – अनुहार र टाउको चोट  

- उजेली रानाभाट (५१), तनहुँ म्याग्दे – टाउको चोट  

- विद्या पुन मगर (१४), बाके बैजनाथ – मध्यम चोट  

- विवेक कडेल (२०), गोरखा – आँखा माथि चोट  

- बविता थापा (३५), भक्तपुर चाँगुनारायण – दाँत हल्लिएको  

- लक्षिन गुरुङ (४३), पोखरा – छाती र घुँडामा चोट  

- दुर्गा रोका (३६), पोखरा – मध्यम चोट

मोती अस्पतालमा उपचाररत घाइतेहरूको विवरण:  

-बिजुली गुरुङ (४४), कास्की, पोखरा महानगरपालिका–१२ – दायाँ खुट्टामा चोट, अवस्था मध्यम।  

-कमला गुरुङ (२५), कास्की, पोखरा महानगरपालिका–१२ – ओठमा चोट, अवस्था सामान्य।  

-बसन्ती गुरुङ (३९), कास्की, पोखरा महानगरपालिका–१२ – दुबै खुट्टामा चोट, अवस्था मध्यम।  

-लक्ष्मी गुरुङ (४५), कास्की, पोखरा महानगरपालिका–१२ – मुखमा चोट, अवस्था मध्यम।  

-गंगा गुरुङ (४०), कास्की, पोखरा महानगरपालिका–१२ – दायाँ खुट्टामा चोट, अवस्था सामान्य।  

-शिव जोसी (४५), कास्की, पोखरा महानगरपालिका–१२ – छातीमा चोट, अवस्था सामान्य।  

-सञ्जय गुरुङ (४१), कास्की, पोखरा महानगरपालिका–१७ – दाँतमा चोट, अवस्था मध्यम।  

-ज्योति गुरुङ (३७), कास्की, पोखरा महानगरपालिका–१२ – निधारमा चोट, अवस्था सामान्य।  

-चन्द्र कुमारी गुरुङ (५५), स्याङ्जा, फेदीखोला गाउँपालिका–४ – मुखमा चोट, अवस्था मध्यम।  

-शिवलाल न्यौपाने (४४), बाँके, वडा नं. १४ – दुबै खुट्टा र नाकमा चोट, अवस्था मध्यम।  

-निर्मला शाही (१६), बाँके, कोहलपुर नगरपालिका–६ – नाकमा चोट, अवस्था सामान्य।  

-विनिता बिक (२१), बाँके, कोहलपुर नगरपालिका–६ – सामान्य, चोट नभएको।  

-सुरज तिवारी (२५), स्याङ्जा, पुतली बजार नगरपालिका–१३ – टाउकोमा चोट, अवस्था मध्यम।  

-निर्मला भुजेल (४९), कास्की, पोखरा महानगरपालिका–१७ – बायाँ खुट्टामा चोट, अवस्था सामान्य। थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको।  

-रियाद केसी (१७/१८), हाल वतन नखुलेको – टाउकोमा चोट, अवस्था गम्भीर। प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको। 

प्रकाशित: २ मंसिर २०८१ १८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App