फिदिम नगरपालिका-१३ को हुक्मा डाँडाको परिचय दुई वर्ष अघि सम्म यतिमै सीमित थियो।
हुक्मा डाँडामा ठुलठुला ढुङ्गा थुप्रिएर एक प्रकारको खण्डहर आकृति काक्लझुक्ल मान्छे पुग्ने डरलाग्दो क्षेत्र थियो। तिनै आकृतिलाई देवता स्वरूपमा देखाउन सके पर्यटकीय तथा धार्मिक हिसाबमा नयाँ गन्तव्य बनाउन सकिन्छ भन्ने देखेपछि स्थानीय गजेन्द्र राईको अगुवाइमा काम अघि बढ्यो।
जेभाले भञ्ज्याङदेखि पदमार्ग भएर उकालो लाग्दा निक्कै मेहनत गरेर बनाइएको फुटबल मैदान पुगिन्छ। खेलमैदानमाबाट भित्तातिर देखिन्छ अग्लो ढुङ्गामा खोपिएको सुम्निमा र पारुहाङको मूर्ति। मूर्तिकै छेउमा बनाइएको छ चिण्डो, अलि पर किराँतको झण्डा।
यहाँ सुम्नीमा र पारुहाङमात्र होइन ढुङ्गामा शिव, गौतम बुद्ध, फाल्गुनन्दका मूर्ति देख्न सकिन्छ।
खेलमैदान, चट्टान बाटीका, वनभोज स्थल मात्रै हैन त्यस क्षेत्रका सबै संरचना मुख्य गरेर सहयोग सङ्कलनबाट बनाइएको हो। सदरमुकाम फिदिमबाट २४ किलोमिटरको सडक यात्रामा त्यहाँ पुग्न सकिन्छ। फेसबुकमा स्ट्याटस राखेको भरमा स्वैच्छिक सहयोग प्राप्त भइरहेको छ’, उनले भने।
सामाजिक सञ्जालको नकारात्मक कुरा मात्र चर्चामा आइरहँदा यो सकारात्मक सन्देश पनि हो। यस बिचमा खेलमैदानका लागि प्रदेश सरकारको २५ लाख, पदमार्गका लागि फिदिम नगरपालिकाको ८ लाख, स्टेट र बिश्रामालयका लागि अमेरिकामा रहेका मैनाली परिवारबाट सहयोग प्राप्त १४ लाख, वनभोज स्थलका लागि देउसीबाट सङ्कलन भएको र श्रमदान समेतको पहलमा यतिका संरचना तयार भएको हो।
पहिला कोही नपुग्ने हुक्मा डाँडामा अहिले दैनिक आन्तरिक पर्यटकको ओहोरदोहोर हुने गरेको छ। सदरमुकाम फिदिमबाट नजिकको क्षेत्र भएकाले पनि त्यहाँ पुग्नेहरू धेरै छन्। घुम्ने मात्रै नभएर जेभाले पुग्नेले स्थानीय सङ्गीतको आनन्द लिन सक्छन्।
आन्तरिक पर्यटनसँगै सोही क्षेत्रमा रहेको गुप्तेश्वर धामले धार्मिक यात्रुलाई पनि तानिरहेको छ।
थप तस्बिरमा हेर्नुहोस् जेभाले क्षेत्रका दृश्य
प्रकाशित: १ मंसिर २०८१ १९:३६ शनिबार