समाज

सगरमाथा आरोही तामाङलाई आर्थिक सहयोग

भक्तपुर – थोकर फिल्मस् प्रालिले सगरमाथा आरोहण गर्न लागेकी शर्मिला स्याङ्तान तामाङलाई आर्थिक सहयोग प्रदान गरेको छ।

रफत सञ्चार क्लबमा सोमबार आयोजित एक कार्यक्रमकाबीच उनलाई १५ लाख, ५ हजार, १५३ रुपैयाँ सहयोग प्रदान गरिएको हो।

थोकर फिल्मस् प्रालिले गत माघ १३ गतेदेखि संकलन गरेको सहयोग रकम कलाकर्मी प्रकाश सुवेदीले हस्तान्तरण गरेका हुन्।

थोकर फिल्मस् प्रालिका प्रोपाइटर बिकु थोकरले तामाङ समुदायबाट एक चेलीले भगवान गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेकाले रकम संकलन गरेर सहयोग गरिएको बताए।

प्रकाशित: २६ चैत्र २०७४ ०६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App