समाज

विराटनगरमा छैठको तयारी तीव्र (तस्बिरहरू)

विराटनगरमा छैठको तयारी तस्बिरहरू: विनोद सुवेदी/नागरिक

नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै विराटनगरमा सोमबार बिहानै देखि छैठको तयारी तीव्र पारिएको छ। विराटनगर स्थित सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरका दुबै किनारामा छैठी माताको पुजाका लागि स्थान बनाउन स्थानीयहरू व्यस्त छन्। 

छैठ पर्वमा सुनसरी–मोरङ सिँचाइ आयोजनाले पनि नहरमा पानी छाडेर बर्तालुहरूलाई नुहाउन,छैठी माताको उपासना गर्न, उदाउँदो र अस्ताउँदो सूर्यको दर्शन गर्न सहज बनाइदिने गरेको छ।  विराटनगरको नहरमा मात्रै नभई केशलिया र सिंघिया खोलाका विभिन्न घाटहरू पनि सरसफाइ गर्ने र सिंघार्ने काम सुरू भइसकेको छ।

विराटनगरका घाटहरूमा गेट हाल्ने, सरसफाइ गर्ने काम पनि धमाधम भइरहेको छ। घाट सफाइका लागि विराटनगर महानगरपालिकाले पनि सहयोग गर्दै आएको छ। महानगरपालिकाले घाटहरूको सफाइका लागि तिहार अघि देखि नै काम गरिरहेको छ।

महानगरपालिकाले पानी हालेर सडकको धुलो पखाल्ने, ग्राभेल सडकहरूमा धुलो उड्न नदिन पानी पटाउने काम पनि गरिरहेको छ। 

प्रकाशित: १९ कार्तिक २०८१ ११:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App