समाज

'प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै'

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रविधिको विकासँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै गएको बताएका छन्।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले आज यहाँ आयोजना गरेको ‘फौजदारी न्याय प्रणालीमा देखिएका चुनौती र सुधारका उपाए’ विषयक कार्यशालामा प्रधानन्यायाधीश रावतले अपराध अनुसन्धानमा व्यावसायिक क्षमता विकास गर्नसके फौजदारी न्याय प्रणाली थप सुदृढ हुने विश्वास व्यक्त गरे। उनले प्रभावकारी फौजदारी न्याय प्रणालीको विकास गर्न अपराध अनुसन्धानमा नवीनताको विकास गर्न जरुरी रहेको पनि औँल्याए।

न्याय प्रणालीलाई थप प्रभावकारी र छिटोछरितो बनाउन सरोकार राख्ने निकायबीचको समन्वय बढाउनुपर्ने आवश्यकता औँल्याउँदै प्रधानन्यायाधीश राउतले वैज्ञानिक, वस्तुनिष्ठ र प्रमाणका आधारमा अनुसन्धान गर्न जरुरी रहेको बताए।

संविधान र कानुनको सिद्धान्तका आधारमा न्यायलाई नतिजामुखी बनाउन सफल अनुसन्धानले सहयोग गर्ने उल्लेख गर्दै उनले यहाँ आज आयोजित कार्यशालाले न्यायलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।  

प्रकाशित: ११ कार्तिक २०८१ १४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App