समाज

वन मन्त्रालयमा थपियो जलवायु

फाइल तस्बिर

विद्यमान वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन गरेर वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय भएको छ। 

प्रधानमन्त्री के पी शर्मा ओलीको अध्यक्षतामा  बसेको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को शुक्रवार सम्पन्न बैठकले सो निर्णय गरेको हो। 

मन्त्रालयको नाम परिवर्तन गरेर बन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय राख्ने निर्णय भएको छ , तर यसलाई मन्त्रीपरिषद्को बैठकले औपचारिकता दिनेछ, परिषद्का विज्ञ सदस्य डा विमल रेग्मीले भने। 

जलवायु परिवर्तनको चुनौती बढ्दै जाँदा यो विषयलाई सम्बोधन गर्न यो निर्णय गरिएको र यसले जलवायु परिवर्तन प्रति नेपाल संवेदनशील रहेको देखाएको डा रेग्मीले बताए। बैठकले जलवायु वित्त सम्बन्धी कार्यदलले जलवायु वित्तको परिचालनलाई सशक्त पार्न गरेको सुझाव प्रतिवेदनलाई स्वीकृत गरेको छ। 

बैठकमा प्रधानमन्त्री ओलीले अजरबैजानको बाकुमा हुने विश्व जलवायु सम्मेलन (कोप–२९) मा सशक्तरुपमा उठाउन निर्देशन दिएका छन्। वन मन्त्रालयलाई विकास विरोधी बनाउन नहुने प्रधानमन्त्रीको धारण थियो।

विकासका आयोजनालाई अगाडि बढाउन वन मन्त्रालयले सहयोग गर्नु पर्दछ, प्रधानमन्त्रीको भनाई थियो। 

प्रकाशित: ९ कार्तिक २०८१ २१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App