समाज

बिछ्यौनामा मृत भेटिए दम्पत्ती

लालझाडी गाउँपालिकामा एक दम्पत्ती मृत भेटिएका छन्। लालझाडी–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला परेका हुन्। त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए।

'घटना शङ्कास्पद छ', उनले भने,'मृतको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ, घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ।' रासस

प्रकाशित: ९ कार्तिक २०८१ १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App