समाज

‘सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको आपत्कालीन उद्धारका लागि योजना बन्दैछ’

प्रधानसेनापति अशोकराज सिग्देलले सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सैनिकको आपत्कालीन उद्धारका आवश्यक योजना तयार गरिरहेको बताएका छन्।

आइतबार रक्षा मन्त्रालयमा भएको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले सिरिया र लेबनामा अहिले युद्ध चर्किरहेको र नेपाली शान्ति सेनाहरू अवस्थित रहेको बताउँदै उनीहरूलाई आपत्कालीन उद्धार आवश्यक भएको खण्डमा आपत्कालीन योजना नेपाली सेना र रक्षा मन्त्रालयको समन्वयमा बनाइरहेको बताए।

इजरायल र लेबनानमा अहिले चरमपन्थी समूह हिजबुल्लाहबीच युद्ध जारी छ। संयुक्त राष्ट्र सङ्घको शान्ति मिसन (युनिफिल) अन्तर्गत लेबनानमा खटिएका नेपाली शान्ति सैनिक केही असहज अवस्थामा रहेको भए पनि सुरक्षित रहेको उनले सुनाए।

उनले शान्ति सेनामा रहेका नेपाली सैनिकलाई अप्ठ्यारो पार्ने सम्भावना भने कम रहेको दाबी गरे। 

प्रकाशित: ६ कार्तिक २०८१ १८:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App