समाज

यातायात सम्बन्धी सबै काम प्रदेश सरकारले गर्नुपर्छः मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात सम्बन्धी सम्पूर्ण काम प्रदेश सरकारले गर्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा ट्राफिक भाइलेन्स रेकर्ड सिस्टमको शुभारम्भ गर्दै उनले यातायात सम्बन्धी सम्पूर्ण अधिकार संविधानले प्रदेश सरकारलाई दिएको उल्लेख गर्दै सोही अनुसार सम्पादन गर्नुपर्ने बताएका हुन।

मन्त्री दाहालले संघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा प्रदेश सरकारहरूले आफ्नो अधिकार खोज्ने काममा ढिलाइ गरिरहेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। उनले स्मार्ट लाइसेन्स कार्ड उत्पादन र वितरणको काम पनि प्रदेश सरकारमार्फत हुने बताए।

सङ्घीय सरकारले आफ्नो दायित्व पूरा गरेपनि लाइसेन्स कार्ड वितरण गर्ने काम अब प्रदेश सरकारले जिम्मेवार भएर गर्नुपर्ने मन्त्री दाहालको भनाई थियो। उनले प्रदेश सरकार अझै पनि आफ्नो अधिकार खोज्ने मामिलामा पछि परेको पनि बताए।

त्यस अवसरमा मन्त्री दाहालले सरकारले अझै पनि स्मार्ट लाइसेन्स कार्ड वितरण गर्न नसकेकोमा अफ्ठेरो महसुस भएको अनुभूति पनि सुनाए।

प्रकाशित: ४ कार्तिक २०८१ १८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App