समाज

पदयात्रामा रहेका एक पर्यटकको लेक लागेर मृत्यु

मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एक पर्यटकको मृत्यु भएको छ।ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्विजरल्याण्डका नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्विजरल्याण्डका नागरिक  ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको हो। राति सकुशल सुतेका सेसलर  बिहान मृत फेला परेका थिए।  

घटनास्थलमा पुगेर उद्दार गरी हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।यस अवधिमा सो क्षेत्रबाट १० विदेशी र २३ जना नेपाली नागरिकको उद्धार गरिएको छ।

प्रकाशित: ४ कार्तिक २०८१ १३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App