समाज

टुटेश्वरमा युवतीको शव फेला

महोत्तरीको बर्दिवास नगरपालिका–५ टुटेश्वर मन्दिर नजिकै एक युवतीको शव फेला परेको छ।

मन्दिर नजिकको वनक्षेत्रमा अन्दाजी २० वर्षीया युवतीको शव बुधवार फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।

कालो भेस्ट र निलो जिन्स लगाएकी युवतीको हत्या भएको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

प्रहरीले शव परीक्षणका लागि बर्दिवास अस्पताल लगेको छ। शव परीक्षण रिपोर्टले घटनाबारे अनुसन्धान गर्न थप सहयोग पुग्ने प्रनाउ पोखरेलको भनाइ छ। रासस

प्रकाशित: २३ आश्विन २०८१ २०:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App