समाज

एक महिनाको अन्तरमा नाबालिका दुई पटक बलात्कृत

वृद्ध र नाबालक पक्राउ

कैलालीको जानकी गाउँपालिका वडा नम्बर २ मा एक नाबालिका एक महिनाको फरकमा दुई पटक बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका एक वृद्ध र अर्का एक नाबालक पक्राउ परेका छन ।  

पक्राउ पर्नेमा ७१ वर्षका गजबहादुर दर्लामी मगर र अर्का एक १६ वर्षका नाबालक रहेको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नवीन राजा बुढाथोकीले जानकारी दिएका छन् ।  

उनका अनुसार वृद्ध र नाबालकले ती नाबालिकालाई एक महिनाको फरकमा बलात्कार गरेका हुन् । वृद्धले मान्छे नबस्ने पुरानो घरमा र नाबालकले जंगलमा बलात्कार गरेको पीडित बालिकाले दिएको उजुरीमा उल्लेख रहेको डिएसपी बुढाथोकीले बताए ।  

वृद्ध र नाबालकविरुद्ध नाबालिकाले जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरेकी छन् । उनीहरु दुवैजनालाई जबरजस्ती करणीमा थप अनुसन्धान भइरहेको जानकारी दिँदै बुढाथोकीले दुवैजनाको म्याद थप समेत भैसकेको बताए ।

प्रकाशित: १८ आश्विन २०८१ १४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App