समाज

सिन्धुलीको सिस्नेरीमा हायस दुर्घटना हुँदा १५ जना घाइते

सिन्धुलीको सिस्नेरीमा हायस दुर्घटना भएको छ। शुक्रबार बिहान काठमाडौँबाट विराटनगर जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको हायस बिपि राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-८ सिस्नेरीमा दुर्घटना भएको हो। 

दुर्घटनामा परेर १५ जना घाइते भएका छन्। हायसमा १९ जना यात्रु सबार रहेको प्रहरीले जनाएको छ। चार जना सामान्य रहेकोले अर्को सवारी चढाएर गन्तव्य पठाइएको प्रहरीले जनायो।

यस्तो घाईतेहरूको नामावली: 

१. हायस चालक जिल्ला मोरङ सुन्दरहरैचा न.पा.९ बस्ने बर्ष ३५ को अनुज सन्दास दुबै खुट्टामा चोट अवस्था मध्यम

२. हायस चालक जिल्ला मोरङ सुन्दरहरैचा न.पा. ९ बस्ने बर्ष ३० को प्रकाश उप्रेती  खुट्टामा चोट ।

३. जिल्ला सुनसरी इटहरी उपमहानगरपालीका १९ बस्ने बर्ष २० की सिसम घिमिरे दाहीने खुट्टामा चोट अवस्था सामान्य।

४।जिल्ला झापा बिर्तामोड न.पा. ५  बस्ने  बर्ष ३२ को समिर तामाङ दाहिने खुट्टा मा चोट अवस्था सामान्य।

५. जिल्ला सुनसरी इटहरी उपमहानगरपालीका ६ बस्ने २४ कि बिजया तिमल्सीना टाउको मा चोट ,बायाँ हातमा चोट अवस्था सामान्य ।

६.जिल्ला मोरङ लेटाङ न.पा. ६ बस्ने बर्ष ४७ को गोपाल नेपाली मुखमा हातमा चोट अवस्था मध्यम

७.ऐ.ऐ. १ बस्ने बर्ष ३२ को दिपेश राई मुखमा चोट मध्यम

८.ऐ. मधुमल्ला गा.पा.९ बस्ने बर्ष ३२ को बम बहादुर खड्का दाहिने खुट्टामा चोट  मध्यम ।

९.जिल्ला पाँचथर याङ्वरक गा.पा. ४ बस्ने बर्ष ३६ को बिक्रम सन्दास दाहिने खुट्टा मुखमा चोट मध्यम ।

१०. ऐ.ऐ.बस्ने बर्ष २२ को सुजन सन्दास हातमा चोट सामान्य ।

११.  धनकुटा मदलक्षिन न.पा. १ बस्ने बर्ष ३३ को गोरख बुढाथोकी टाउको खुट्टामा चोट अवस्था मध्यम ।

१२. जिल्ला मोरङ सुन्दर हरैचा न.पा. १ बस्ने बर्ष ६५ को उपेन्द्र खतिवडा नाक छाती हातमा चोट मध्यम ।

१३. ऐ.मधुमल्ला न.पा. ९ बस्ने बर्ष ३४ को नेत्र बहादुर खड्का हात मुखमा चोट मध्यम ।

१४.ऐ. बिराटनगर महानगरपालिका ८ बस्ने बर्ष २३ को अतुल कटुवाल निधारमा चोट मध्यम ।

१५. जिल्ला तेह्रथुम छत्र गा.पा. ६ बस्ने बर्ष २८ को निर बहादुर लिम्बु दाहिने खुट्टा पेटमा चोट मध्यम ।

प्रकाशित: १८ आश्विन २०८१ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App