समाज

अख्तियारको टोली नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा,केही कागजपत्र बरामद

नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । सिनामंगलस्थित कार्यालयमा छापा मारेर अख्तियार टोलीले प्राधिकरणबाट केही महत्वपूर्ण कागजात लिएको हो । प्राधिकरणमा अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको टोलीले बुधबार छापा मारेको हो ।

विभिन्न विमानस्थल निर्माणको परियोजना र नागरिक उड्डयन प्राधिकरणको भवन निर्माणका क्रममा अनियमितता भएको उजुरी अख्तियारमा परेको थियो । सोही उजुरीको अनुसन्धानको सिलसिलामा आवश्यक कागजात उपलब्ध नगराएपछि छापा मारेको अख्तियार स्रोतको भनाइ छ ।अनियमिततामा संलग्न भएको आशंकामा अख्तियारले यसअघिबाटै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: १६ आश्विन २०८१ १४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App