समाज

एनआरएनए यूकेले बाढीपीडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने

लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित नेपालीहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

संघका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा बसेको आकस्मिक बैठकले नेपालका बाढी पिडितहरुको लागि सो सहयोग गर्ने निर्णय गरेको हो ।  

संघले पहिलो चरणमा १० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने र बाँकी ५ लाखपछि थप गर्दै जाने निर्णय समेत गरेको अध्यक्ष गुरुङले बताए । 

प्रकाशित: १५ आश्विन २०८१ १३:५४ मंगलबार

#NRNA UK