समाज

जनकपुर–ढल्केबर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

धनुषाको जनकपुर–ढल्केबर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका १ का २७ वर्षीय सत्यनारायण यादव रहेको प्रहरीले जनाएको छ।

मोटरसाइकल पछाडि बस्ने वर्ष ५७ का गणपत यादव घाइते भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ।

गयराति करिब ८ः१५ बजे जनकपुरबाट तिव्रगतिमा ढल्केवरतर्फ जाँदै गरेको प्रदेश २–०२–००३ प ८३११ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका २ नक्टाझिज सडकखण्डमा  अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ।

चालक सत्यनारायणको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए। घाइते गणपतको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ।

प्रकाशित: १५ आश्विन २०८१ १०:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App