समाज

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न नेपाललाई बाह्य वित्तीय स्रोत आवश्यक छ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न नेपाललाई बाह्य वित्तीय स्रोत आवश्यक रहेको बताएका  छन् ।

शुक्रवार नेपाल चार्टर एकाउण्टेन्ट्सले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो जानकारी दिएका हुन। गभर्नर अधिकारीले सन् २०३० सम्म दिगो विकासका लक्ष्य पूरा गर्नको लागि मात्रै पनि २० खर्ब रुपैयाँ प्रतिवर्ष खर्च गर्नुपर्ने अवस्था रहेको बताए । उनले जलवायु परिवर्तनले पार्ने अवसरलाई न्यूनीकरण गर्ने सन् २०४५ सम्म कार्बन उत्सर्जन नेट शून्यको लक्ष्य राखिएको भन्दै त्यसको लागि मात्रै नेपाललाई करिब ४७ अर्ब डलर आवश्यकता रहेको बताए ।

 गभर्नर  अधिकारीले सरकारलाई विभिन्न क्षेत्रमा वित्तीय रकम खर्च गर्नुपर्ने दायित्व बढ्दै गए पनि सरकार र नेपालको आन्तरिक स्रोतबाट सम्भव नभएको बताए। उनले सरकारको आन्तरिक स्रोतले सम्भव नभएकाले बाह्य स्रोत जुटाउनु पर्ने आवश्यकता रहेको बताए । उनले वैदेशिक ऋण र वैदेशिक लगानी ९एफडिआई० मार्फत नेपाललाई बाह्य वित्तीय स्रोत आवश्यक रहेको उल्लेख गरे। उनले सरकारसँग मुलुकलाई समृद्ध बनाउने हुटहुटी रहे पनि सरकार र नेपालीको आकंक्षा पूरा गर्नको लागि मुलुकको वित्तीय स्रोतले नपुग्ने उल्लेख गरे । 

उनले पछिल्लो समय सरकार र नागरिक दुवैको अपेक्षा बढेको भन्दै परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले आयोजना आउने भन्नेसाथ ५० हजार रोपनी पर्ने जमिन १० लाख हुने अवस्था रहेको बताए। उनले नागरिकको अपेक्षा बढ्दा विद्युत् ट्रान्समिसनको पोल राख्न पनि महँगो पर्ने गरेको बताए ।

गभर्नर अधिकारीले सरकारले हौसिएर निर्णय गर्न नहुने भन्दै अपेक्षा वास्तविकता र सही हुनुपर्नेमा जोड दिए । उनले सरकार र आम नागरिकले बाह्य लगानीलाई असर नपर्ने गरी काम गर्न जरुरी रहेको बताए । उनले पछिल्लो समय नेपालमा धेरै मानिसहरूको मानसिकता नकारात्मक भएको उल्लेख गरे । 

प्रकाशित: ११ आश्विन २०८१ १६:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App