समाज

च्यासलको पुलबाट बागमतीमा हाम फालेकी युवती अझै बेपत्ता

ललितपुर महानगरपालिका- ९ च्यासलस्थित दोभान खोलाको पुलबाट एक जना युवतीले बागमती नदीमा हामफालेकी छन्।आइतबार साँझ ७ बजेतिर उनले बागमतीमा हामफालेकी थिइन्। 

हामफालेको थाहा पाउपछि ललितपुर प्रहरी खोजीमा जुटेको छ। ती युवती हामफालेको पुलमुनि २० बर्षीय अन्जली शर्मा, घर रुकम मुसिकोट लेखिएको नोटसहतिको झोला र मोबाइल पनि भेटिएको थियो। भेटिएका कागजपत्र तथा मोबाइल हामफाल्ने युवतीकै हो वा अन्य युवतीको हो भन्ने यकिन भइसकेको छैन्।

हामफालेकी युवतीको अझै खोजी जारी रहेको ललितपुर प्रहरीका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।

प्रकाशित: १७ भाद्र २०८१ ११:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App