समाज

एक वर्षमा ३७ किमी सडक कालोपत्र

त्रिवेणी– पूर्वाधार विकास कार्यालय नवलपरासीपूर्वले एक वर्षको अवधिमा नवलपुरमा ३७ किलोमिटर सडक कालोपत्र गरेको छ।

जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा  पूर्वाधार कार्यालयले आफूमातहतका विभिन्न सडक योजनाअन्तर्गत ३७ किमी सडक कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए। 

कार्यालयले गत आवमा ३९ किलोमिटर नाला निर्माण गरेको छ। यस्तै ठूला तीन मोटरेबल पुल निर्माण सम्पन्न गरेको उनले बताए।

पूर्वाधार कार्यालयले १२  कलभर्ट-कजवे निर्माण गरेको छ । यस्तै तीन झोलुङ्गे पुल निर्माण गरेको कार्यालय प्रमुख अर्यालले बताए। 

गत वर्ष पूर्वाधार विकास कार्यालयले सडक निर्माण, मोटरेबल पुल, झोलुङ्गे पुल, कलभर्ट निर्माणसहितका बहुवर्षीय एक सय १५ योजना सम्पन्न गरेको उनले बताए।

प्रकाशित: १४ भाद्र २०८१ ०८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App