समाज

रामेछापमा बस दुर्घटना, एककाे मृत्यु, ११ घाइते

अाइतबार रामेछापमा दुर्घटनाग्रस्त बस । तस्बिर : मञ्जु उप्रेती

रामेछाप – काठमाडौँबाट रामेछापको बाम्ती भण्डारतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने ११ जना घाइते भएका छन्। 

अरनिको सेवा समितिको बा ३ ख २६९५ नम्बरको बस आइतबार अपराह्न गोकुलगंगा गाउँपालिका २ ठोसेको तकदिन डाँडा नजिकै दुर्घटना भएको हो। मृत्यु हुनेमा उमाकुण्ड गाउपालिका २ बाम्तीका सुबास गजमेर रहेका छन्। 

काठमाडौँबाट बाम्तीका लागि हिडेको उक्त बस दुर्घटनामा परेको थाहा पाउनासाथ उद्धारका लागि नजिकैको युनिटबाट प्रहरी परिचालन गरी घाइतेको उद्धार गर्ने काम भइ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक अमरेन्द्र बहादुर सिंहले जानकारी दिए।

बसमा यात्रीहरू खचाखच रहेको स्थानीले बताएका छन् । उकालोमा ब्रेक फेल भएर बस पल्टिएको प्रहरीले जनाएको छ। घटना विस्तृत विवरण भने आइ नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। 

प्रकाशित: १८ चैत्र २०७४ ११:०२ आइतबार

रामेछापमा बस दुर्घटना एककाे मृत्यु ११ घाइते